समाचार

एक महिनाभर लागु हुने गरि भोलिबाट देशव्यापी लकडाउन

कोरोना भाइरसको संक्रमणको रोकथामका लागि देशव्यापीरूपमा दोश्रो चरणको लकडाउन घोषणा गरेका छन्।

फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले दोश्रो लकडाउन कम्तिमा नोभेम्बर महिनाभर लागु हुनेछ। राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपतिले शुक्रबारबाट देशव्यापी लकडाउन सुरू हुने घोषणा गरेका हुन्। सम्बोधनमा उनले अत्यावश्यक र स्वास्थ्यसम्बन्धी कामका लागि मात्र नागरिकलाई घर छोड्न अनुमति दिइने बताए।

यसका लागि नागरिकले फर्म भर्नुपर्नेछ भने व्यायामका लागि एक घण्टा दिइनेछ। लकडाउन अवधिभर रेस्टुरेन्ट र बार लगायतका गैर-आवश्यक व्यवसाय बन्द हुनेछन् भने स्कूल तथा उद्योगहरू खुल्ला रहनेछन्।कोरोनाका कारण हुने मृत्यु संख्या अप्रिलपछि उच्च स्तरमा छ।

मंगलबारमात्र त्यहाँ ३० हजार नयाँ संक्रमित फेला परेका छन्। ‘मुलुकमा दोश्रो लहरको खतरा आइसकेको छ र यो पहिलो भन्दा खतरनाक हुनेछ’, राष्ट्रपति इम्यानुअल माक्रोंले आफ्नो सम्बोधनमा भने। उनले फ्रान्सका सम्पूर्ण आईसियूहरू कोरोनाका संक्रमितले भरिएको बताए।

फ्रान्ससहितका कयौं युरोपेली मुलुकमा संक्रमण फैलिनेक्रम हाल तीब्र भएको छ। डिसेम्बर १ सम्म जारी रहने लकडाउनलाई पछि समीक्षा गर्दै थप निर्णय गरिनेछ।

Related Articles

Back to top button
Close