समाचार

दसैं यसरी बन्यो दशा, घर लिप्ने माटो लिन गएका दुई जनाको मृत्यु

काठमाडौं । दसैंलाई लक्षित गरेर घर लिप्ने माटो निकाल्न खोज्दा दुई जनाको मृत्यु भएको छ । जाजरकोटमा माटो खन्दा अचानक खसेको सुख्खा पहिरोले दुई जनाको ज्यान लिएको हो ।

जानकारी अनुसार दुईजना घाईते भएका छन् । ज्यान गुमाउनेहरुमा छेडागाड नगरपालिका–३ कि ३० ३० वर्षीया सितला जैसी र सोही वडाकी १६ वर्षीया आरती दाहाल रहेका छन् ।

पहिरोमा परेर घइते हुनेहरु पनि सोही वडाका २४ वर्षीया सरिता जैसी र छेडागाड–४ कि ५१ वर्षीया धनसरा चदारा रहेका छन् । स्थानीय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमीटरको दुरिमा रहेको दशेरा भन्ने ठाउँमा माटो लिन गएका थिए ।

माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन । घाईतेहरुलाई उपचारको लागि नेपाली सेनाको हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ । जानकारी अनुसार घाइते एकजनाको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button
Close