भिडियोसमाचार

निर्मला काण्ड : दिलिप विष्टकाे त्याे बयान- ‘…उखुघारीमा लगेँ, …गरेँ,…अनि ’(हेर्नुहोस भिडियाे)

काठमाडाैँ । ‘निर्मलासँग जम्काभेट भयो । मनमा पाप जाग्यो । साइकल फाल्दिएँ । उखुघारीमा लगेँ । सेक्स गरेँ । रुन थाली । घाँटी निचोरेर मारिदिएँ ।’ यी शब्द हुन्- दिलिपसिंह विष्टका ।

यसरी दिलिपसिंह विष्टले प्रहरीसामू निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । उनले प्रहरीको बयानमा जे–जे भनेका थिए, घटनाका अरु दसीसँग शतप्रतिशत मेल खान्छ । हत्यापछि सार्वजनिक तस्वीरमा निर्मलाको एकपट्टिको सुरुवाल मात्रै तल सरेको देखिन्छ । बयानमा विष्टले पनि त्यहीं भनेका थिए ।

जबरजस्त यौनसम्पर्क गरेको भने पनि रगत नआएको र बीर्य बाहिरै फालेको उनले बताएका छन् । निर्मलाको सुरुवालमा बीस रुपैयाँको नोट भएको र त्यसले नजिकैको पानपसलमा गएर गुट्खा किनेको बताएका छन् । जुनदिन उनले गुट्खा किन्दा २० रुपैयाँको नोट दिएको प्रष्ट भइसकेको छ ।

राति घरपुग्दा उनको कपडा भिजेको थियो । उनी खोलाको बाटोहुँदै उखुबारी पुगेका थिए । परिवारले स्वीकारेको कुरालाई दिलिपले पनि स्वीकारेका छन् ।

फरक बयानमा पनि उनले निर्मलाको साइकलमा अम्बाको दाना भएको बताएका छन् । जुनदिन बम दिदीबहिनीको घरबाट निर्मलाले अम्बा लगेको भनिएको छ ।

यसरी दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारे पनि केही मानवअधिकारकर्मीलगायतले ‘वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठिक नभएको मानिसलाई जबरजस्त अपराधी बनाउन खोजेको’ आरोप लगाए । त्यसपछि प्रहरी दिलिपसिंहको खासस्थितिबारे बुझ्न दिलिपसिंहको घरमा गयो । परिवारका सदस्यले ‘मानसिक स्थिति ठिक भएको तर दिलिपसिंहको मति ठिक नभएको बताए ।

दिलिपसिंह प्रायः बिहानै घरबाट निस्केर राति मात्रै घर आउँथेँ । निर्मलाको बलात्कारपछि हत्या भएको दिन पनि उनी राति मात्रै घर आएका थिए । घर आउँदा कपडा भिजेको थियो ।

घरमा पनि उनको मति ठिक थिएन । आफ्नै बुहारीमाथि आँखा लगाउँथे । परिवारका सदस्य नै भन्छन्, ‘बरु जेलमै हुँदा आनन्द थियो । उनी मान्छेहरुले पागल ठानोस् भनेर कपडा च्यातेर लगाउँथे ।

प्रहरीले खोजेका यी प्रमाणले दिलिपसिंह विष्टले नै निर्मलाको बलात्कारपछि हत्या गरेको शंका गर्न कठिन छैन । तर, चौतर्फी दबाव परेपछि प्रहरीले दिलिपसिंहलाई छाडियो । र, उनको डीएनए पनि मिलेन ।

दिलिपसिंहले अभियोग स्वीकारेको भिडियो बयान सार्वजनिक भएपछि निर्मलाको परिवारको शंका पनि दिलिपसिंहतर्फ सोझियो चैत यता । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डीएसपी अंगुर जिसी त निरन्तर दिलिपसिंह नै दोषी रहेको दावी गरिरहेका छन् । किनकि दिलिपसिंहको बयान र घटनाक्रम ठ्याक्कै मिलेको छ ।

Related Articles

Back to top button
Close