समाचार

शुक्रवार देखि कोरोनाको मिडिया ब्रिफिङ बन्द

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति गर्दै आएको कोभिड(१९ को मिडिया ब्रिफिङ ५ दिन बन्द हुने भएको छ । दशैंको समयमा ५ दिन मिडिया ब्रिफिङ बन्द हुने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

बिहीवारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रवार देखि आउने मंगलवार सम्म ५ दिनकालागि ब्रिफिङ नगर्ने जानकारी दिए।

उनले दशैं बिदा भएकाले ब्रिफिङ नहुने तर तथ्यांक भने बेवसाइडमा अपडेट हुने बताए। भोली देखि मंगलवार सम्म मिडिया ब्रिफिङ हुने छैन्। दशैको बेला भएकोले ब्रिफिङ हुने छैन्, उनले भने।

मन्त्रालयले नेपालमा संक्रमण भित्रिएदेखि दैनिक प्रेस मिट मार्फत जानकारी दिदै आएको थियो। ब्रिफिङ मार्फत नै सरकारले कोभिड(१९ नियन्त्रणमा भएका क्रियाकलाको समेत जानकारी दिदै आएको थियो।

Related Articles

Back to top button