समाचार

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा. रमेश कोइरालाले घटस्थापनाको दिन ट्वीटरमा लेखे ।

‘हामी यसपालि दसैंमा घर जान्नौं र यसैमा खुसी छौं’ आशयको यो शुभकामना शताब्दीकै अनौठो लाग्न सक्छ धेरैलाई । दसैं मात्रै एउटा यस्तो पर्व हो, जुन पर्वले विभिन्न स्थानमा छरिएका परिवारका सदस्यलाई एक दिन भए पनि एक ठाउँमा जम्मा गराउँछ । त्यही कारण दसैं सांस्कृतिक पर्व भएको छ ।

मानौं, कसैको परिवारका सदस्यबीच आपसी वैमनस्य छ । सम्पत्ति भागबन्डा, सम्बन्धमा आएका उतारचढाव वा अन्य कारणले पारिवारिक बेमेलको स्थिति भए पनि दसैंमा भेटघाट गर्ने परम्परा छ । यतिसम्म कि– कसैको बा र छोरा वा दाजुभाइबीच बोलचाल छैन, अन्य समयमा भेट हुँदा पनि बोल्दैनन् । तर, दसैंमा नबोली नबोली भए पनि आफूभन्दा ठूलाबाट टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

यसपालि इतिहासकै फरक दसैं हुनेछ, असाध्यै सुमधुर सम्बन्ध भएकाहरू पनि टाढै बस्नुपर्ने र कुराकानी गरेरै शुभकामना लिनु–दिनुपर्ने बाध्यता छ । छिन्नभिन्न परिवारका सदस्य मात्रै होइन, टाढा रहेका आफन्तहरूबीच भेटघाट गराउने पर्व पनि हो दसैं ।

अहिले विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले पहिलो पटक नेपाली समाजलाई एकजुट हुनबाट रोेकेको छ । किनकि यो भाइरस एकबाट अर्कोमा सजिलै सर्न सक्छ । संक्रमण भएपछि बालक, वृद्ध र अन्य रोगीलाई मृत्युकै मुखमा पु-याउन सक्ने भएकाले हुन सक्छ डा. कोइराला लेख्छन्, ‘विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस् ।’

यो भाइरस आफैंमा यति खतरनाक छ, कतिपयलाई लक्षणै देखिन्छ । त्यसकारण स्वस्थ अनुभूति गर्ने व्यक्तिले समेत आफन्तलाई भेट्नुअघि सोच्न बाध्य हुनुपर्ने स्थिति छ ।

काठमाडौंबाट बाहिरिनेहरूको भीड विभिन्न बस काउन्टरमा थामिनसक्नुहुन्थ्यो भने एयरलाइन्स कम्पनीका टिकट बिक्रीकर्ताले साताअघि नै टिकट सकिएको नोटिस टाँस्थे । यसपालि ती सबै अवसर गुमे

शुभकामनाको भाका फेरियो

नवरात्र सुरु भएपछि विजयादशमीको शुभकामना आदानप्रदान गर्नु पुरानो प्रचलन हो हाम्रो । राजनीतिक दलका शीर्ष नेता, पार्टीका भ्रातृ संगठन र व्यापरिक प्रतिष्ठानले आकर्षक शुभकामना कार्ड बनाएर शुभेच्छुकहरूमा पु-याउने परम्परा निकै वर्ष चल्यो । जब फेसबुक, ट्वीटरमा सर्वसाधारण रमाउन थाले, कार्ड छाप्ने र बाँड्ने प्रचलनमा कमी आयो । अहिले प्रायःले आकर्षक डिजाइनको शुभकामना कार्ड बनाएर सामाजिक सञ्जालमै पोस्ट गर्छन् ।

यसपालि पनि आकर्षक डिजाइन गरेर साथीभाइ र आफन्तलाई शुभकामना दिने क्रम जारी छ । तर, शुभकामना सन्देश लेख्ने भाका भने फेरिएको छ । ‘म पनि तपाईंको घर आउँदिन, तपाईं पनि मेरो घरमा नआउनुस्’ आशयका शब्दहरू अचेल धेरैको फेसबुक तथा ट्वीटर वालमा देखिन्छ ।

छैन उत्साह

सरकारी एवं निजी कार्यालयमा काम गर्नेहरूले दसैमै हो, सबैभन्दा लामो छुट्टी पाउने । दसैं सुरु हुनु दुई साताअघिदेखि नै मान्छेहरू क्यालेन्डर हेर्दै घर जाने र फर्किने सूची बनाउँथे । सीमित बिदा दिने कार्यालयमा काम गर्ने कर्मचारीको सेड्युल मिलाउनै दुई चारवटा त मिटिङ गर्नुपथ्र्यो । छुट्टीमा घर जान बिदा पाएका कर्मचारी दिन गनेर बस्थे । लामो समय लकडाउन भोगेकाले यसपालि बिदा कहिले पाइएला भन्दै उत्साहित हुनेहरूको संख्या असाध्यै न्यून छ ।

काठमाडौंबाट बाहिरिनेहरूको भीड विभिन्न बस काउन्टरमा थामिनसक्नुहुन्थ्यो भने एयरलाइन्स कम्पनीका टिकट बिक्रीकर्ताले साताअघि नै टिकट सकिएको नोटिस टाँस्थे । यसपालि ती सबै अवसर गुमे ।

गाउँ पनि सुनसान

दसैंका रौनकले सहरलाई खास छुन्न । कंक्रिटको सञ्जाल धेरै भएकाले होला, काठमाडौंमा टोलटोलमा मान्छे भेटिन्छन् तर समाज भेटिँदैन । कतिपय टोलमा महिनामा एक दिन आफैं सडक बढार्ने, घरमा पालेका कुकुरलाई जथाभावी दिसापिसाब नगराउने, ढल, खानेपानीका विषयमा छलफल गर्ने भन्दै विभिन्न समूह बनाइन्छ । ती समूहमा विभिन्न स्थानबाट आएर एउटा टोलमा घर बनाएकाहरू समेटिएका हुन्छन् । केही समय समूहमा छलफल गरेर छुट्टिएपछि सम्बन्ध पनि त्यही टुंगिन्छ । ती समूहमा हुने कुराकानी, छलफल र काम गर्ने शैली हेर्दा लाग्छ– जबर्जस्ती बनाउन खोजिएको सम्बन्धले लय समाउनै नपाई पूर्णविरामको यात्रा तय गर्छ । यति हुँदा हुँदै पनि केही व्यक्तिलाई एकै ठाउँमा भेटघाट गराउने र छलफल गराउने मेसो मिलेको थियो ।

यसपालि गाउँलाई पनि हार्दिकताविहीन बनाइदियो । कोरोना संत्रासले मान्छे बिरामी पर्दा पनि भेटघाट बन्द गर्नुपर्ने बाध्यता आइलागेको छ । प्रायः साँझ परेपछि लगाउने तगारो अहिले दिउँसै लगाउँछन् गाउँका मान्छेहरू

कोरोना संक्रमणको कारण भेटघाट त बन्द भयो नै । छिमेकीका घरमा कोरोना संक्रमित भयो रे भन्ने सुनेकै भरमा वल्लोपल्लो घरमा ओहोरदोहोर गर्दा डब्बल मास्क प्रयोग गर्न थालिएको छ । आशंकित संक्रमितको परिवारसँग बाटोमा भेट भयो भने पनि परैबाट ‘साइड’ लाग्ने गरिएको छ ।

गाउँमा अझै हार्दिकता बाँकी छ । सायद गाउँको माटो, पानी र बोट बिरुवा गाउँको भन्दा फरक छ । यसकारण कसैको घरमा कोही बिरामी पर्दा मात्रै होइन, गाईभैंसी वा अन्य पशुचौपायामा समस्या आउँदा पनि आँगनमै जम्मा भएर सरसहयोग गर्ने चलन छ । यसपालि गाउँलाई पनि हार्दिकताविहीन बनाइदियो । कोरोना संत्रासले मान्छे बिरामी पर्दा पनि भेटघाट बन्द गर्नुपर्ने बाध्यता आइलागेको छ । प्रायः साँझ परेपछि लगाउने तगारो अहिले दिउँसै लगाउँछन् गाउँका मान्छेहरू ।

पिङ नहाली दसैं आयो

रोटे र जाँते पिङको चलन त धेरै ठाउँमा हराइसक्यो । चौतारो वा भन्ज्याङमा हुर्किएको ठूलो रुखमा डोरीको पिङ हाल्ने पुरानो चलन हो । यसपालि पिङ पनि हाल्न पाइनेछैन । स्थानीय प्रशासनले भीडभाड नगर्न अपिल गरेसँगै पिङमा रमाउनेहरू समेत पिङ हालेर भीडभाड गर्न नहुने पक्षमा छन् ।(राजधानी दैनिक बाट)

Related Articles

Back to top button
Close