भिडियो

लाटोकोसेरोसँग टिकटक बनाउँदा, बन विभागले लगायो २५ हजार जरिवाना [ भिडियो सहित ]

एजेन्सी । विश्वमै दुर्लभ मानिने चरा लाटोकोसेरोलाई लिएर टिकटक बनाउँदा एक युवती विवादमा परेकी छिन् । भारतको गुजरातस्थित सुरतकी टिकटक स्टार कीर्ति पटेललाई वन विभागले २५ हजारको जरिवाना लगाएको हो। कीर्तिले एक लाटोकोसेरोसँग भिडियो बनाएर टिकटकमा पोस्ट गरेकी थिइन् । उक्त भिडियो भाइरल भएको छ । यद्यपि उनको भाइरल भिडियो लाई मानिसहरू आलोचना पनि गरिरहेका छन् ।

वाइल्डलाइफ एन्ड नेचर वेल्फेयर ट्रस्टले वन विभागका मुख्य वन संरक्षकसँग यस कुराको ध्यानाकर्षण गराएका थिए । ट्रस्टको भनाई रहेको छ, कीर्तिले लाटोकोसेरोलाई जसरी समातेर भिडियो बनाइन्, उनले वाइल्डलाइफ प्रोटेक्शन एक्ट, १९७२ को कैयौं धाराहरुलाई उल्लंघन गरेकी छन् । शुक्रबार कीर्तिमाथि २५ हजारको जरिवाना लगाइएको हो । गुजरातमा लाटोकोसेरो संरक्षित प्राणी रहेको छ ।

यसलाई समात्न वाइल्डलाइफ प्रोटेक्शन एक्ट अनुरुप अपराध मानिन्छ । योसँग खेल्नुपनि अपराध मानिन्छ । यसका साथै वन विभागले लाटोकोसेरोलाई समातेर कीर्तिलाई दिने व्यक्तिमाथि पनि १० हजारको जरिवाना तोकेको छ । हेरौं उक्त टिकटक भिडियो ।

Related Articles

Back to top button
Close