समाचार

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग

दोहा- कतार, साउदी र यूएईमा क्रियाशिल नेपाली जनप्रगतिशील मोर्चाले कोरोना संक्रमितको निःशुल्क गर्न सरकारसँग माग गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै मोर्चाले संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार सरकारले निःशुल्क गर्नुपर्ने माग गरेको हो ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोनाले आक्रन्त बनिरहेको परिस्थितिमा सङ्क्रमितहरु दिन दुई गुणा रात चौगुणा बढीरहेको यस जटिल अवस्थामा आफूले आफैलाई सर्बहारा जनताको पार्टी र सरकार भन्ने निकायबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएकोले हाम्रो नेपाली जनप्रगतिशील मोर्चाले गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारले कात्तिक २ गते सरकारले विपन्न, ज्येष्ठ नागरिक लगायतबाहेक कोरोना भाइरसबाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन आफैँले गर्नुपर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close