समाचार

निको नहुने रोगबाट ग्रसित बालबालिकालाई मा ’ र्न सरकारको अनुमति !

उपचार नहुने रोगबाट ग्र’सित केही बालबालिकाहरुलाई मा’र्नको लागि नेदरल्याण्ड सरकारले अनुमति दिएपछि चिकित्सा क्षेत्रमा ग’म्भी’र बहसको सृजना भएको छ ।
अहिले नेदरल्याण्डमा केही यस्ता बालबालिकाहरु छन् जो उपचार नहुने रोगबाट ग्र’सित छन् । ती बालबालिकाका परिवारले आफ्ना सन्तानको यो क’ष्ट सहन नसकेर उनीहरुको जीवन अन्त्य गर्ने अनुमति मागिरहेका थिए । अहिले सरकारले त्यस्तो अनुमति दिएको हो । डच सरकारको यो अनुमतिसँगै चिकित्सा क्षेत्रमा यसरी बालबालिकालाई मृ’त्यु दिने तरिकाबारे बहस सुरु भएको छ ।
नेदरल्याण्ड सरकार पहिलेदेखि नै यदि कसैलाई उपचार नै नभएको रोग लाग्यो र यो रोगबाट निकै कष्ट भयो भने यस्तो अवस्थामा डाक्टरको सहयोग लिएर बिरामीलाई मृ’त्यु दिने पक्षमा थियो ।
अब बिरामीको परिवारको सहमतिमा डाक्टरको सहयोगमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मृ’त्यु दिन सकिनेछ । यसो गर्नाले परिवारको कष्ट कम गर्न सकिने तर्क दिइएको छ ।
यो निर्णयका विषयमा डच स्वास्थ्यमन्त्री डी जोंगले संसदलाई एक पत्र लेखेका छन् । पत्रमा उनले देशमा उपचार नभएको रोगबाट ग्रसित एक १२ वर्षका बालकलाई उनको परिवारको यच्छाअनुसार मृ’त्यु दिनको लागि कानुनमा संशोधनको प्रस्ताव गरेका छन् ।
कानुन संशोधनको लागि यस्ता बिरामीको परिवार भावनात्मक, आर्थिक र मानसिक कष्टमा रहेको तर्क दिइएको छ । मृ’त्यु दिनको लागि माता पिताको अनुमति अनिवार्य हुनेछ ।

Related Articles

Back to top button