भिडियो

श्रीमानमाथि नै किन शं*का गरियो ? वरिष्ठ अधिवक्ताले खोले मुख ! सिसिटिभी फुटेजबारे खुल्यो नयाँ कुरा (भिडियो सहित)

गत सोमबार (माघ २७ गते) पूर्वसचिव कार्कीको सानेपास्थित निवासमा पत्नी मुना ग’म्भीर घा’इते अवस्थामा फे’ला परेकी थिइन्। ललितपुरको सानेपामा घ’टेको यो घ’टना अझैसम्म पनि रहस्यमय नै रहेको छ । यस घ’टनालाई लिएर धेरैको मनमा शंका उपशंका उब्जिएको र सबैको कौतोहलताको बिषय बनेको छ । यही बिषयमा आएको अपडेट अनुसार पूर्वसचिव कार्कीले ड्राईभरलाई गाडी चलाउन नदिएर आफैले गाडी चलाएर लानु आफैँमा संकास्पद भएको र शंकाको घेरो पूर्वसचिव कार्कीमाथि नै खनिएको छ।

यसै बिषयमा केन्द्रित रहेर बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पनि आफ्ना धारणा ब्यक्त गरेका छन् । यथार्थ नबुझेका केही व्यक्तिले घटनाको बारेमा अनुमानको भरमा बोलिरहेका र कुनै पनि अवस्थामा छिट्टै वास्तविकता उजागर हुनेमा आफु बिस्वस्त रहेको बताएका छन् । घ’टना अझै पनि अन्योलमा रहेको बेला पूर्ण अनुसन्धान बिना केही भन्न नसकिने उनले बताएका छन् ।

कार्कीका अनुसार घ’टनाक्रम बुझ्दा कामदार विजय चौधरीलाई कसैले त्यस्तो गर्न लगाएको पनि हुन सक्ने तर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्राप्त सिसिटिभी फुटेजलाई आधार मानेर हेर्दा विजय चौधरी नै घटनामा संलग्न भएको हुनसक्ने उनको भनाइ छ । गाडीको बिषयलाई पनि लिएर हेर्दा पूर्वसचिव कार्कीमाथि पनि थप शंका पैदा गरेको बताएकी छिन् ।

कुनै प्रमाण बिना कसैको चरित्रमाथि औंला उठाउनु गलत हो भन्दै अधिवक्ता कार्कीले अनुसन्धानबाट दो’षी ठहरिएमा घ’टनामा संलग्न जो भएपनि स’जायको भागिदार हुनुपर्ने वताएका छन्। अस्ति शुक्रबार प्राप्त सिसिटिभी फुटेज र हिजो सार्वजनिक भएको पो’स्टमार्टम रि’पोर्टका अनुसार पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको डोरीले घाँटी क’सेर ह’त्या गरेको पो’स्टमार्टम रि’पोर्टबाट खुलेको छ। हेर्नुस् अधिवक्ता कार्कीसँग गरिएको कुराकानी तलको भिडियोमा :

यो पनि समाचार

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआजाका लागि पास नचाहिने व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबारबसेको महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको हो।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी दिए। उनका अनुसार पशुपतिको भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गर्छन् भक्तजनलाई त्यही ढोकाबाट फर्किने व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री भट्टराईले शिवरात्रिमा विगतमा हुने सबै कमीकमजोरी सच्याएर गुनासोरहित बनाउन कोषका कर्मचारीलाई निर्देशन दिए। राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति विद्या भण्डारी पशुपति जाने उनले जानकारी दिए। सरसफाई, शौचालय, खानेपानी र सुरक्षाजस्ता सबै विषयमा गहन ढंगले काम गर्न पनि उनले निर्देशन दिए।

शिवरात्रिमा पाशुपत क्षेत्रमा मासु, मदिरा तथा धुम्रपान पूर्णरूपमा निषेधित गरिएको जानकारी दिइयो। सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै पाँच हजार प्रहरी परिचालन गरिने डीआईजी विश्वराज पोख्रेलले बताए। फागुन ९ गतेको महाशिवरात्रि व्यवस्थित गर्न सदस्यसचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतको संयोजकत्वमा ११ वटा उपसमिति बनाइएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ।

Related Articles

Back to top button
Close