समाचार

डा. शशांक कोइरालाले पत्रकारलाई पैसा बाँडेको हल्ला ग’लत, सचिवालयले दियो यस्तो स्पष्टीकरण

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ‘खाममा हालेर पत्ररकालाई पैसा बाँडेको’ भनेर सञ्चारमाध्यममा खबर प्रकाशन भएपछि उनको सचिवालयले यसबारे स्पष्टीकरण दिएको छ।

डा. शशांक कोइरालाका निजी सचिव भरत तिवारीले एक जना आफन्तलाई दिनुपर्ने दसैं खर्च भूलवश त्यही नामका पत्रकारलाई दिन पुगिएको दा’बी गरेका हुन्।‘कांग्रेसका महामन्‍त्रीले दसैं खर्च बाँडेको भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्‍न कुरा स्पस्ट पार्न चाहान्छु । राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ,’ कोइरालाका निजी सचिव तिवारीले फेसबुकमा लेखेका छन्:

‘कोभिड सं’क्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश ग’लत नम्बरमा कल गएको र तपाईंलाई एउटा समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिन्छु भन्‍नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ।’

Related Articles

Back to top button
Close