समाचार

यी हुन् प्रहरीको ह त्यामा सं’लग्न ७ जना आ’रोपी, प्रहरीले गर्यो सार्वजनिक

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको ह’त्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले घ’टनामा सं’लग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चो’र भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरी सीमा क्षेत्रबाट प’क्राउ गरेको हो ।

प्रारम्भमा १३ जनालाई प’क्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र सं’लग्नता पुष्टि भएको हो । उनीहरुले असई विकले मटर त’स्करीमा अ’वरोध गर्न खोजेपछि ह’त्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद त’स्कर समूहको निशानामा परेका थिए । विकको श’व आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि श’व नभेटिइरहेका वेला प’क्राउ परेका अ’भियु’क्तले दुवैको ह’त्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको श’व भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउद भेटिएका थिए ।

Related Articles

Back to top button