समाचार

वयानमा उनीहरुले भने, ‘सुरुमा जवान त्यस पछि असईको ह’ त्या गरेर नदिमा फाल्यौ’

काठमाडौ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको ज्यान लिएको पक्राउ परेकाहरुले स्वीकार गरेका हुन् ।

बयानमा उनीहरूले सुरुमा जवान र त्यसपछि असईको ज्यान लिएर नदीमा फालेको स्वीकारेका छन्। घटना स्वीकारेका ६ जना र अन्य १० जनालाई छुट्टा–छुट्टै राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनामा संलग्नको पहिचान भइसकेको बताए। उनले अनुसन्धान जारी रहेको र घटनामा संलग्न अरू पनि हुनसक्ने भएकाले चाँडै नै घटनालाई निष्कर्षमा पुर्‍याउने बताए।

निधन भएको अवस्थामा भेटिएका असई गोविन्द विक र प्रहरी जवान टेकवहादुर साउँदलाई घेराबन्दी गर्दै फरुवाले ‘हा’नेर ‘ह’त्या गरेको पक्राउ परेकाहरुले बताएका छन् ।

उनीहरुले फरुवाले आ’क्र’म’ ण गरी दुबै जनाको ह’ त्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले पक्राउ गरेका १६ जना मध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान फेला परेका जवान साउदको पनि घाटीमा चो’ट रहेको प्रहरीको भनाई छ। यसअघि आइतवार बिहान फेला परेका असई विकको पनि घा’टी र ग’र्द’नमा चो’ट देखिएको थियो। प्रहरीले असईका साथमा रहेको पे’स्तो’ल समेत मङ्गलवार मोहना नदीमा भेट्टाएको छ।

गत शनिवार कार्तिक १ गते बेलुका ८ बजे मोटरसाइकल लिए गुस्तीुमा निस्किएका असई र जवान १२ बजेसम्म पनि नफर्किए पछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

Related Articles

Back to top button