समाचार

दसैँका लागि उपत्यका छाडेर घर नजान सरकारको अपिल

दसैँका लागि उपत्यका छाडेर घर नजान सरकारको अपिल
याेवर्ष काेराेना भाइरसकाे कारण मानिसहरु घर जान नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथास्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने निर्णय गरेकाे हाे ।

मन्त्री ढकालका अनुसार अब याे दशैंमा नागरिकले घर जान नपाउने भएका हुन् । ढकालले पनि आफु बसेकै ठाउँमा बसेर दशैं मनाउन आग्रह गरेका हुन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तर सरकारको यो निर्णय भने व्यवहारिक नभएको गुनासो आम मानिसहरुले गर्न थालेका छन् । सरकारले आग्रह गरेतापनि काठमाडौं छाड्नेको भिड बढेको राजमार्गमा गुड्ने सवारी चापले नै पुष्टि हुन्छ ।

सरकारले लामो दूरीका सवारी साधनमा दोब्बर भाडा लिन पाउने बताएपछि अहिले हवाइ मार्ग हुँदै काठमाडौं बाहिरिने यात्रुहरुको संख्या बढीरहेको नेपाल वायूसेवा संचालक सङ्घले बताएको छ ।

Related Articles

Back to top button