अन्तर्राष्ट्रिय समाचार

सुन्दा अचम्मै लाग्ने एउटा यस्तो गाउँ, जहाँ ८ हजार मानिसहरुले समुन्द्रमा बनाए आफु बस्ने घर

एजेन्सी । समुन्द्रमा पनि मानिस बस्ने घर बन्दो रहेछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । समुन्द्रमा पानी जहाज चलेको सुन्दै आईरहंदा अब समन्द्रमा मानिसको बस्ती पनि बनेको सुन्दा अचम्म लाग्नु स्वभाविक नै हो । यो अचम्म लाग्ने कुरा छिमेकी देश चीनको हो ।

चीनमा एउटा गाउँ छ बनाईएको छ जुन समुन्द्रमा तैरिन्छ । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ । समुन्द्रमा बनेको उक्त गाउँ आजभन्दा १३ सय वर्ष पुरानो हो । वर्तमानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मार्ने काम गर्छन् । उनीहरुलाई टांका भनिन्छ ।

चीनमा केही वर्ष पहिले टांका जातिका मानिसहरु शासकको उत्पीडनबाट डराएर समुन्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मार्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् । समुन्द्रमा माछा मार्ने बस्ती फुजियान राज्यमा दक्षिणपूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनीहरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ । यी मानिसहरु किनारमा पनि आउदैनन् र बाहिरी मानिससँग कुनै नाता राख्दैनन् ।

वास्तवमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शासन थियो । उक्त समयमा टांका जनजाति समुहका मानिसहरु युद्धबाट बाच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमिनमा आउने गर्छन् ।

Related Articles

Back to top button
Close