समाचार

दु:खद खबर !! मृ’त्युसँग महिना दिन सम्म ल’डिरहे, तर आज बिहानै गयो प्राण !

काठमाडौँ – गत असोज १ गते मोटरसाइकलको ठ’क्करबाट घा’इते भइ विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा निवासी मोहम्मद मुर्तजा अन्सारीका साँढे तीन वर्षीय छोरा सरिफ अन्सारीको शनिबार बिहान मृ-त्यु भएको छ । बालकलाई ज८प १८९३ नं.को मोटरसाइकलले ठ’क्कर दिएको थियो ।

उनको थप उपचारको लागि आर्थिक सहयोग गरिदिन मृ-तक बालकका काकाले शुक्रबार आग्रह गरेका थिए । तर, उपचार खर्च जुट्न नपाउदै उनको मृ-त्यु भएको हो । बालकलाई ठ’क्कर दिने जनकपुर उपमहानगरपालिका वडा नं. २ किशोरी नगरका लोभस झालाई शुक्रवारमात्र अदालतले एकलाख ध’रौटीमा छोडेको छ ।

बालक घा’इते बनाउने झाले उपचारमा एक रुपैयाँ पनि सहयोग नगरेपछि पीडित परिवारले उनीमाथि मु’द्दा चलाएकोमा सोहि मु’द्दाको सुनुवाई गर्दै अदालतले उनलाई ध’रौटीमा छोडेको थियो । यता मृ’तक बालकका काका मोहम्मद मुस्तफाले आर्थिक अभावकाबीच पनि उपचारमा कुनै कसुर बाँकी नराख्दा पनि बच्चालाई जोगाउन नसकिएकाे बताए ।

असोज १ गते ज८प १८९३ नं.को मोटरसाईकलले वालकलाई ठ’क्कर दिदा घा’ईते वालकलाई तत्कालै जलेश्वर अस्पताल र पछि जनकपुर स्थित काव्या अस्पताल र त्यहा समेत उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो वच्चालाई केहि दिन देखि ज्व’रो समेत आएप्छि उनको अवस्था पुनः गम्भिर हुदै गएकोमा थप उपचारको लागि अन्यत्र लग्नु पर्नेमा घा’ईते वालकको परिवारले आर्थिक सहयोगको याचना समेत गरेको थियो।

Related Articles

Back to top button
Close