समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘तपाईँको टोलमा कोही नयाँ मानिस देखिए सिधै ७ दिनको क्वारेन्टिनमा लैजानु’

काठमाडौ । स्वास्थ्य मन्त्रालयले आफ्नो गाउँ टोलमा नयाँ मानिस देखिए ७ दिनका लागि क्वारेन्टिनमा राख्न सुझाव दिएका छन् । उनले शुक्रवार प्रेस व्रिफिगंका क्रममा भने ‘तपाईँको टोल छिमेकमा अथवा गाउँघरमा कुनै नयाँ मान्छे आएको छ भने छिमेकीहरुले त्यस्ता व्यक्तिहरुलाई कम्तिमा पनि सात दिन क्वारेन्टाइनमा बसाल्न अनुरोध गर्दछौँ’ ।

दशैं तिहार लगायत ठूला चाडपर्व नजिकिदै गएको बेलामा वजारमा सर्वसाधारणको चलह पहल बाक्लै बढेको छ । कोरोनाको जोखिमकाबीच पनि सर्वसाधारण निस्फिक्री घुमेको देखिन्छ । किनमेल गर्ने स्थानमा पनि उत्तिकै भिड छ । काठमाडौ उपत्यका लगायतका केही जिल्लामा पछिल्लो समय कोरोनाको तथ्याकंले उकालो लाग्दैछ । जोखिमलाई ध्यान दिँदै मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा। गौतमले नयाँ व्यक्तिलाई ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नुपर्ने र कोरोना भाइरस संक्रमित वा आइसोलेसनमा बसेका व्यक्ति घर बाहिर नस्किएमा तुरुन्तै प्रहरी कार्यलयमा खबर गर्न अनुरोध गरेका छन्।

कोरोनालाई बेवास्ता गर्दै दसैं मनाउनका लागि एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न थालेका छन्। यस्तै यात्रा गरेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न डा। गौतमले सुझाव दिएका हुन्। एक ठाउँ छोडेर अर्को ठाउँ पुगेको व्यक्तिलाई कम्तीमा ७ दिन क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको हो । त्यसका लागि सहयोग गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘क्वारेन्टाइन वा आइसोलेसनमा नबसेर व्यक्तिहरू घर बाहिर निस्कदा अन्य व्यक्तिहरूलाई रोग सार्ने सम्भावना रहन्छ,’ डा। गौतम बताउँछन्। उनले भने, ‘ठाउँ छोडेर अर्को ठाउँ गएपछि मात्र नभएर पीसीआरका लागि नमूना संकलन भएपछि रिर्पोट नआउँदा सम्म क्वारेन्टाइनमा बस्नु पर्छ। अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ।’

Related Articles

Back to top button
Close