समाचार

सार्है दुःखद खबर,परदेशको सडकमै अस्तायो नेपाली चेलीको सपना: बहिनीको शव बोकेर फर्किए दाजु र दिदी

कुवेत / झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दु,र्घटनामा मृत्यु भएको छ। अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ठक्कर दिँदा दु,र्घटना भएको हो। कुवेतको आदान अस्पतालमा उपचारका लागि पुर्याइए पनि शनिबार बिहान उनको मृत्यु भएको थियो।
प्रधानको शवलाई अक्टोबर १५ तारिखका दिन नेपाल पठाइएको छ। जनसम्पर्क समिति कुवेतका महामन्त्री कृष्ण पौडेलका अनुसार अक्टोबर गत शुक्रबार राति ड्यूटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनीको सवारी सधनलाई अर्को सवारीसाधनले ठ,क्कर दिएको थियो।
उनलाई अस्पताल पुर्याई शल्यक्रिया गरिए पनि अत्यधिक र,क्तश्रावका कारण शनिबार बिहान मृ,त घोषित गरिएको थियो। पौडेलले मृ,तक प्रधान र उनकी दिदी रीता माया प्रधान कामबाट फर्किँदै गर्दा दु,र्घटनामा परेको बताए।
बाटोमा उनीहरू चढेको कम्पनीको कारलाई अर्को कारले ठ,क्कर दिएको र दुवै जनालाई आदान अस्पताल लगिएको थियो। प्रज्ञाको अपरेशन गरिए पनि बचाउन सकिएन।
दु,र्घटनामा रीता सामान्य घाइते भएकी थिइन्। प्रज्ञाको शव दिदी रीता र कुवेतमै कार्यरत दाजु बालकुमार प्रधानले नेपाल लिएर गएको छन्। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दु,र्घटना रहेको बताए।

Related Articles

Back to top button
Close