भिडियो

बैंश हुँदासम्म श्रीमती बनाए, प्यारालाइसिस भएपछि अलपत्र बनाएर वहराइनमा लुके श्रीमान (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमानलाई ऋण खोजेर विदेश पठाइन् गंगा कुमारी लिम्बुले । भविष्यको राम्रो सपना देखेकी थिइन् । श्रीमान वहराइन् गएको केही समय सम्म सबै राम्रो थियो । सम्बन्ध सुमधुर थियो । उनीहरुको एउटा छोरी पनि छन् । छोरीको भविष्य र आफुहरुको सुन्दर सपना पुरा गर्न पैसा कमाउन भन्दै उनले ऋण खोजेर श्रीमानलाई विदेश पठाएकी थिइन् । तर केही समयमा नै उनको त्यो सपना भताभुंग भयो । श्रीमानलाई विदेश पठाएको केही वर्ष पछि गंगा प्यारालाइसिसको बिरामी भइन् ।

शरिर कमजोर भएपछि झन परिवारको माया चाहिने बेलामा आफ्नै श्रीमानले समेत वास्ता गर्न छोडे । जिवनभरको साथ दिने आश गरेर बसेका श्रीमानले नै अप्ठेरो अवस्थामा छोडे । घनश्याम लिम्बु वहराइन्मा बसेका छन् तर श्रीमतीलाई वास्ता गदैनन् । अहिले ३० वर्ष भन्दा बढी भयो घनश्यामले अर्कै संसार बसाले । गंगासंगको छोरी पनि अहिले २० वर्षकी भइन् । बुवाले नै वेवास्ता भएपछि गंगाको छोरीले राम्रो पढ्न पनि पाइनन् ।

जन्मेको तेह्रथुम हो, दिदी गंगाको उपचारका लागि भन्दै उनका भाई संगै बसेका छन् । गंगाले अरुले बोलेको सबै सुन्छिन्, महशुष गर्न सक्छिन् तर जवाफ फर्काउन सक्दिनन् । आफ्नो वैंश हुँदासम्म साथ दिएका श्रीमानले जब श्रीमती अशक्त भइन् अहिले सम्पर्क विहिन भएर अर्को संसार बसाएका छन् । घनश्यामले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो छोरीलाई पनि ब्लक गरेका छन् । घनश्यामले वहराइन्मा विवाह अर्को श्रीमतीको छोरीलाई भने उनले त्यहाँवाट पढ्न पैसा पठाउने गरेको आफुहरुले थाहा पाएको तर आफ्नै अंशलाई भने वेवास्ता गरेको बताएका छन् ।

Related Articles

Back to top button
Close