समाचार

ग’म्भिर अवस्थाको बालिकालाई अस्पतालले निकालिदियो, मध्यरातमा घर फर्काएर लैजाँदा वाटोमै नि’धन !

काठमाडौ । को’रोना पोजेटिभ भएर अस्पताल भर्ना गरिएकी एक बालिका अस्पताले डिस्चार्ज गरेको केही बेरमै नि’धन भएको छ । इलामकी एक बालिकाको अस्पतालले डिस्चार्ज गरेको केही बेरमै नि’धन भएको हो । इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकालाई को’रोना पोजेटिभ भएपछि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको विराट मेडिकल कलेजमा भर्ना गरिएकी बालिकाको दुवै मिर्गौलाले काम गर्न समेत छोडेको थियो । अस्पतालमै खुट्टादेखि टाउकोसम्म सुनिएर उनको अवस्था ग’म्भिर हुँदै गएको थियो । चार दिन अघि भर्ना गरिएकी उनलाई अस्पतालले शुक्रवार साँझ डिस्चार्ज गरेको थियो ।

बालिकाका आफन्तले बालिकाको अवस्था ग’म्भिर हुँदै गएको भन्दै थप केही दिन अस्पतालमै राखिदिन आग्रह गर्दा अस्पतालले नमानेको बालिकाका परिवारले बताएका छन् । अस्पतालले राख्न नमानेपछि मध्यरातमा उनलाई घर लैजान लागिएको थियो । आधा वाटोमै पुग्दा बालिकाको नि’धन भएको परिवारका सदस्यले बताएका छन् ।

को’रोना पोजेटिभ देखिएकी बालिकालाई रो’गले थप ग’म्भिर बनाउँदै लगेपछि झन अस्पतालले निकालिदिएको परिवारका सदस्यको भनाई छ । डिस्चार्ज दिएको बि’रामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो।

Related Articles

Back to top button
Close