समाचार

राजधानीमा कर्फ्यू नै लगाउने निर्णय!कहिलेदेखि लागू हुने?पुरा पढ्नुहोस

एजेन्सी । फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको सं’क्रमण नि’यन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ।राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति म्याक्रोँले टेलिभिजन अन्तर्वार्ताको क्रममा बताएका हुन् ।

यस्तै उनले सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेका छन् ।यसैबिच जर्मनीमा सं’क्रमण फैलिएका र जोखिम उच्च रहेका क्षेत्रका बार तथा रेस्टुरेन्टहरु चाँडो बन्द गर्नु पर्ने भएको छ ।राति ११ बजेपछि बार तथा रेस्टुरेन्टहरु खुला हुन नपाउने र दुई परिवारका १० भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु भएको छ ।जर्मनीमा गएको अप्रिलयता पहिलोपटक बुधबार एकै दिन पाँच हजार भन्दा बढीमा सं’क्रमण पुष्टि भएको थियो।

Related Articles

Back to top button
Close