समाचार

बसले ठ’क्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृ’त्यु….

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

ठ’क्कर दिने बसका चालक फ’रार रहेका छन् भने दु’र्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो । दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दु’र्घटना हुन गएको खु’लेकोमा यसबारे अ’नुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । केही नयाँ मन्त्री थप गर्दै जिम्मेवारी पनि फेरवदल भएको छ । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । पौडल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् ।

पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएका ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवाारी दिइएको छ । त्यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Related Articles

Back to top button