समाचार

दशैँको मुखमै गृहले देशैभर लागु गर्यो यस्तो नयाँ नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ-तिहार नजिकिदै गर्दा यता गृह मन्त्रालयले भने अर्को नयाँ परिपत्र जारी गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।

बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए ।

असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले आफूहरुले शक्तिपीठ खोल्नेबारेमा गरेको प्रस्तावमा अहिलेसम्म कुनै जवाफ नआएको बताए । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो ।

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । केही नयाँ मन्त्री थप गर्दै जिम्मेवारी पनि फेरवदल भएको छ । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । पौडल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् ।

Related Articles

Back to top button