भिडियो

Ntc र Ncell मा फोन नलाग्दा तपाईँले सुन्ने आवाज कसकाे हो, चिन्नुहोस् ? (भिडियो)

काठमाडौँ बिबिसी । तपाईँले फोनमा सुनिरहने आवाज कसको हो ? फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ। “तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुन: डायल गर्नुहोला। नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो। उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ।

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्। अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्। भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्।

भूमिका थापा शाह
भुमिका भन्छिन्, ‘फोन नलागेको बेलामा मेरै आवाज आउँछ, टेलिकम सम्बन्धी केही सुचना लिनुपर्ने भयो मैरै आवाज आउँछ । कतिपय अवस्थामा मेरो आवाज सुन्दा कतिजना दिक्क हुनुभएको हुन्छ । मैरै आमा पनि कहिले काहीँ भुमिका जी फोन लगाईदिनुहोस् न भनेर जिस्किनु हुन्छ, मलाई मज्जा लाग्छ ।’ कहिलेकाहीँ आफूले फोन गर्दा आफ्नै आवाज सुन्दा आफैलाई वाक्क लाग्ने गरेको भुमिकाको अनुभव छ ।

सुबानी मोक्तान
एनसेलमा फोन गर्दा नलाग्ने समय वा अन्य सुचनाहरु लिनुपर्दा आफ्नो आवाज आउने बताउँदै सुबानी भन्छिन्, ‘कहिले काँही म आफै पनि दिक्क भाको हुन्छु । सायद सबैलाई त्यस्तै हुन्छ होला ।’ कहिले काँही आफैले कसैलाई फोन गर्दा आफ्नो आवाज सुन्दा वा इन्ट्रक्सन दिएको सुन्दा रममाइलो पनि लाग्छ तर नकाटे सम्म त्यही बजेको बजै गर्दा भने दिक्क नै लाग्ने गरेकाे उनी आफ्नै अनुभव सुनाउछिन् ।
“तपाईँ हामीले फोन गर्दा टेलिकममा सुनिरहेको स्वर दिने कलाकारहरूमध्ये दुईजना भूमिका र सुबानीसँग सृजना श्रेष्ठले कुराकानी गरेर तयार पारेको यो भिडियो हेर्नुहोस्।

तपाईँले फोनमा सुनिरहने आवाज कसको हो

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। कसको होला ती स्वरहरू?

Gepostet von BBC News नेपाली am Samstag, 4. Mai 2019

Related Articles

Back to top button
Close