समाचार

राष्ट्रपति र प्रधानमन्त्रीले यस बर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भी’डभा’ड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो । तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ ।

‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल भन्नुभयो । उहाँका अनुसार केही दिन बाँकी रहेकाले राष्ट्रपति कार्यालयले निर्णय गर्न बाँकी छ । उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भी’डभा’ड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भी’डभा’ड हुने टीकाको कार्यक्रम स्थगित भएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘यस्तो परिस्थितिमा यो वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको छ।’ –उहाँले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेपछि देशभर सबै निकाय र विशिष्ट व्यक्तिले चाडवाडमा भि’डभा’ड गर्ने किसिमको सबै कार्यक्रम स्थगित गर्नुपर्छ । तर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेरै स्थगित गर्नुपर्ने हुन्छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गर्नुभएको छ ।

Related Articles

Back to top button