अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा दशैंको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि

डिसी , अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले अमेरिकामा दशैको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि नै अर्थात् अक्टोबर २५ मा रहेको जनाइको छ । नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते रहेको छ ।अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत निकाली प्रकाशन गरेको हो । जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंटन डिसी, मेरिल्याण्ड तथा भर्जिनिया र फ्लोरिडा लगायतका राज्यहरुमा विहान ११ बजेर ५ मिनेटको साईत निस्किएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले विभिन्न देशका लागि तय गरेको दशैंको टिकाको साइत यस्तो छ ।मध्य अमेरिका टेक्सास लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साईत निस्किएको छ । क्यानडाको लागि विहान ११ बजेर ४३ मिनेटको साईत निर्धारण गरिएको छ ।त्यसैगरी मारुतीनन्दन पन्चांगले पनि अमेरिकाको लागि दशैँको साईत प्रकाशित गरेको छ । आफू बस्ने स्थानको अक्षांश र देशान्तरको आधारमा तिथिको गणना गरी यस्ता विशेष खालका चाडपर्वहरु शुभ साईतमा मान्नु पर्ने भएकोले यसरी निकाल्न थालिएको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिका अध्यक्ष डाक्टर माधव भट्टराईले बताए ।

Related Articles

Back to top button
Close