समाचार

लगातार बढेर लाख पुगेको सुनको मुल्य, आज पत्याउनै नसकिने गरि यस्तो भयो

लगातार बढेर लाख पुगेको सुनको मुल्य, आज पत्याउनै नसकिने गरि यस्तो भयो ! नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो ।

मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो ।

शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ । यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related Articles

Back to top button