समाचार

को’रोना सङ्क्रमणको उच्च जो’खिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जो’खिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय लगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लक डाउन कै विकल्प अँगाल्न सुझाव दिएका थिए ।

को’रोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला को’रोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए। “सोमबारको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेको छ । त्यो बाहिर आइसकेको छैन ।

प्रवक्ताले सम्भवतः आज सार्वजनिक गर्नुहुन्छ” उनले भनेका छन, “सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा जिल्लाको डीसीसीएमसीमा स्थितिको विश्लेषण गरेर आवश्यक काम गर्ने सरकारको तयारी छ। भाषा फरक हुनसक्छ, मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको छ ।” तलबाट आएका सुझावलाई मध्यनजर गरेर सरकारले आजभोलि नै अथवा कात्तिक १ गतेबाट लागु गर्न सक्ने उनले बताए । बाह्रखरीवाट

Related Articles

Back to top button