समाचार

कोरोना भाइरस : काठमाण्डौका कुन वडामा कति सङ्क्रमित ? विवरण सहित हेर्नुहोस

काठमाण्डाै / देशका अरु ठाउँको तुलनामा काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।

सबैभन्दा धेरै वडा नं. १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं. १५ मा ५८१, वडा नं. ९ मा ५२०, वडा नं. ३२ मा ४१३, वडा नं. १४ मा ३९४, वडा नं. १० मा ३८५, वडा नं. ७ मा ३६२, वडा नं. ३ मा ३५३, वडा नं. ४ मा ३४६, वडा नं. ६ मा ३२१ र वडा नं. २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।

Related Articles

Back to top button