समाचार

डा. केसीको आज जन्मदिन : अनशनले स्वास्थ्य बिग्रिएपछि आईसीयूमा, स्वास्थ्य थप जटिल

काठमाडौं । लामो समय अनशनरत रहेका डा. गोविन्द केसीको आज ६४ औ जन्मदिन सामाजिक सञ्जालमा उनका सुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तर डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । सरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोड्नु भएको थियो । चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ ।

कोरोना संक्रमणबाट मुक्त भई काममा फर्किएका त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए । अनशन अन्त्य गर्नुअघि डा. केसीले दुवै पक्षका वार्ता टोलीका साथै शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । डा. केसीका सहयोगी प्रीतम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाएका थिए ।

अनशन अन्त्यपछि डा. केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सहमति गर्नुभन्दा कार्यान्वयन महत्त्वपूर्ण कुरा हो । सरकारले कार्यान्वयनमा इमान्दारी देखाउनुपर्छ । अर्को पटक पनि अनशन बस्न नपरोस् ।’ सरकार र डा. केसीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

Related Articles

Back to top button