Thursday, April 2

गु’ण्डा नाइके मनाङेले एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै ला’त्ती र मु’क्का प्र’हार

January 21, 2020 357

पोखरा। गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मु’क्का प्र’हार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मु’क्का प्र’हार गरेका हुन्।

पटक/पटक वि’वादमा आइरहने गु’ण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मु’क्का प्र’हार गरेका थिए। मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए। आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो। आसन ग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो। त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भनेर प्रश्न गरे। जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए। मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आ’क्रोस पोखे। त्यो बिचमा दुई जनाबीच केहिबेर भनाभन भयो। करीब ५/७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले। मनाङेले हात हा’लेपछि मिलनले छल्न खोजे। त्यहिबेला फेरि मनाङेले ला’त्तिले खुट्टामा प्र’हार गरे। सो प्र’हार पनि सोंचेजस्तो नलागेपछि मनाङेले गालामा प्र’हार गरे। उनको प्र’हार गालाको तल्लो भागमा लाग्यो।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्र’हार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पि’टेको उनको भनाई छ। ‘हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं’,उनले भने,’ तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रि’स उसले म माथि पोखेको हो।’ प्रतियोगितामा बि’फोर डे र आफ्टर डे हुन्छ, ‘उनले भने, ‘त्योबाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, ज’बरज’स्ती गर भनेरमात्र हुँदैन।’ आफूलेपनि मु’क्का फर्काउन सक्ने भएपनि सांसद भनेर छा’डेको उनले बताए। मैलेपनि हा’न्न’ सक्थेँ,’उनले भने, ‘तर सांसद भनेर हा’निनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ।’ आफू पिटिएपनि प्रहरीमा जा’हेरी भने नदिने उनले बताए।

सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झु’क्याउने काम गरेकाले झा’पड हा’नेको बताए। मैले ध’केलेको मात्रै होइन झा’पड हा’नेको हुँ, ‘उनले भने, ‘त्यो मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, त्यो त ठ’ग पो रहेछ, त्यसलाई सबक सिकाउन झा’पड हा’नेको हुँ।’ कहिले प्रदेश प्रहरीको खेल मैदान त कहिले कोमागाने पार्कको झार भएको ठाउँमा अभ्यास गर भन्छ, ‘उनले थपे, ‘तर प्रहरीले अझै मैदान दिएको छैन, खेलाडीलाई बस्ने र खाने ब्यबस्थापनि गरेन।’ एन्फा कास्कीका महासचिव रमेश केसीले माघ १ गते नै आउनु भनेर बोलाएको तर अध्यक्षका कारण खाने, बस्ने ब्यबस्था र अभ्यास मैदान नमिलाईदिएको उनको भनाई छ। – नागरिकन्युजबाट

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Loading...

प्रतिकृया दिनुहोस्