समाचार

महानायक राजेश हमालको जलाइयो पुत्ला, कारण यस्तो रहेछ

काठमाडौ । नेपाली सिने जगतका महानायक राजेश हमाल पछिल्लो समयमा वि’वा’दमा मुछिएका छन् । अभिनेता हमालद्धारा सञ्चालित ‘जातको प्रश्न’ नामक कार्यक्रमकै कारण उनी पछिल्लो समय वि’वा’दमा मुछिएका हुन् ।

केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’ उत्पादन र प्रसारण गरिँदै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए ।

हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै कार्यक्रमको विरोध भएको छ । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्र’हा’र भएको भन्दै टिप्पणी हुन थालेको छ ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका छन् । वि’रो’धमा उत्रिएकाहरुले नेपालीमा धार्मिक हिंसा भड्काउन कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका छन् ।

यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्र’हा’र गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् । यता समता फाउन्डेसनले भने एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समता फाउन्डेसनको आधाकारिक च्यानलबाट प्रसारण गरिएको ‘जातको प्रश्न’ मा नेपालमा वर्ण व्यवस्था, समाजमा कथित दलितमाथि हुने छुवाछुत जस्ता प्रश्नहरु सोध्ने गरिन्छ ।

Related Articles

Back to top button