समाचार

कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, एकको आईसीयूमा उपचार हुँदै

रोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृत्यु भएको हो ।

धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आईतबार मृत्यु भएको थियो । यसअघि शनिबार उहाँको माईलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो । एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ ।

उहाँहरु तीनै जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भईराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार धर्मकुमारका नौ जनाको परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा छोराहरुलाईज् कोरोना सङक्रमण भएको आशंका गरिएको छ ।

कोरोना कसरी सर्‍यो भन्दै एकिन भन्न नसकिने भएकाले अस्पतालबाट संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको हो ।

भाद्र ३० गते चितवन जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको एक अध्ययनका अनुसार चितवनमा ५० प्रतिशत संक्रमितको माध्यम अस्पताल रहेको निचोड निस्केको थियो ।

Related Articles

Back to top button