समाचार

नेपालगञ्जको उपमेयर उमा थापालाई पनि कोरोना, यस्तो छ अवस्था

जताततै कोरोनाको कहर चलिरहेको समयमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई पनि कोरोना पुष्टि भएको छ । उनी कोरोना पुष्टि भएकाहरुको ब्यवस्थापनमा सक्रिय थिइन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना देखिएको उपमेयर थापामगरले जानकारी दिईन् ।

‘२०/२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उनले भनिन, तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आइतबार पुनः स्वाब दिएको र आज आएको नतिजामा आफुलाई कोरोना देखिएको उनले बताईन् ।

उपमेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै होम आइसोलेसनमै बसेको जानकारी गराइन् । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षीतका साथ घरमै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनकालागि आग्रह गरेकी छिन् ।

उपमेयर थापामगर बाँकेमा शुरु देखिनै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाममा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन् ।

Related Articles

Back to top button