Thursday, April 2

बुधबार भगवान श्रीकृष्णको पूजा गर्नाले मिल्छ यस्तो लाभ, बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं !

January 8, 2020 789

हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ । बुधबारका दिन के गर्ने ?

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

यो पनि पढ्नुस

लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी विद्युत प्रसारण लाइनको निर्माण कार्य सकिएको छ । मोरङको गिधनिया वस्तीमा भएको अवरोधका कारण १३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनको काम रोकिएको थियो । तर अवरोध भैरहेको गिधनिया क्षेत्रमा पछिल्लो हप्तादेखि सुरु भएको काम सोमबार सकिएको हो ।

यही प्रसारण लाइनको विषयलाई लिएर गएको जेठ ७ गते मोरङका सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमै बाझाबाझ भएको थियो । सांसद मोदीले ट्रंक लाइनमार्फत बिजुली दिँदा साढे ९ अर्ब भ्रष्टाचार भएको र घिसिङले त्यसलाई संरक्षण गरेको आरोप लगाउनुभएको थियो ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले सांसद मोदीले अवरोध गरेका कारण दुहवी–कटहरी प्रसारणलाइनको काम पूरा नभएको आरोप लगाउनुभएको थियो । सांसद मोदीले नै प्रशारणलाइन निर्माणमा अवरोध गरेको आरोप पनि लागेको थियो । त्यसपछि कात्तिक १ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मोरङ ४ का सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच काम अघि बढाउने र मोदीले सहयोग गर्ने सहमति भएको थियो ।

तर प्रसारण लाइनका कारण बस्तीमा समस्या आउन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालयले सुरक्षाको लागि प्रहरी पठापछि काम काम सकिएको हो । पछिल्लो एक हप्तामा गिधनिया बस्तीको २ दशमलव ८ किलोमिटर क्षेत्रमा अन्डरग्राउण्ड तार बिच्छ्याउने काम सकिएको नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘प्रसारण लाइनको तार अन्डरग्राउन्ड गर्ने काम सकिएको छ, अबको २ हप्ताभित्र कटहरीको सबस्टेशन चार्ज थाल्छौं’ पाण्डेले भन्नुभयो ।

प्रसारण लाइनको अभावमा अहिले रंगेली र कटहरी क्षेत्रका स्थानीयबासिन्दा र उद्योगले नियमित बिजुली पाउन सकेका छैनन् । कटहरीमा ११ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति भैरहेको छ, तर लोड धान्न नसक्दा विद्युत नियमित छैन । उद्योगले मागेजति विद्युत दिन सक्ने अवस्था पनि छैन । अब २ हप्ताभित्रै सवस्टेशनको चार्ज सक्ने र विद्युत आपूर्ति हुने पनि उहाँले जानकारी दिनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्