समाचार

घर अगाडी खेलिरहेका ६ वर्षका बालकको एकैछिनमा भयो दुखद निधन

चितवन । घर अगाडी खेलीरहेका ६ वर्षका बालकको मोटरसाइकलले ठक्कर दिँदा निधन भएको छ । चितवन जिल्लाको रत्ननगर स्थित झुवानीमा मोटरसाईकलको ठक्करबाट ६ बर्षीय बालकको निधन भएको हो । सोमबार साँझ घर अगाडी खेलिरहेको बेला टाँडी तर्फ आउदै गरेको प्रदेश ३,०२००१ प ८३६ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो ।

ज्यान गुमाउने बालक रत्ननगर नगरपालिका वडा नम्बर ५ का युसेफ महत्तो रहेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकारी दिएको छ ।
बालकको सोमबार साँझ ६ः ५ बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button