समाचार

भर्खरै कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा ब’न्द राख्ने सरकारको नि’र्णय

२६ आश्विन २०७७, सोमबार काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय सीमालाई कातिक मसान्तसम्म ब’न्द नै राख्ने नि’र्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। भारतततर्फ आवतजावतका लागि खुला गरिएका १० वटा ना’का मात्र खुला राख्ने र अन्य नाकाहरु खुला नगर्ने निर्णय भएकाे एक मन्त्रीले बताए। त्यस्तै असोज मसान्तसम्म रो’क लगाइएको अन्तर्राष्ट्रिय उडानलाई कात्तिक मसान्तसम्म लम्बाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।अहिले निश्चित क्षेत्रबाट भने उडान सञ्चालन भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले दसैँबारेमा पनि नयाँ निर्णय गरेको छ ।दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले रहेकै ठाउँमा दसैँ मनाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।त्यसका लागि के कसरी निर्णय कार्यान्वयन गराउने भन्ने विषय भने सम्बन्धित मन्त्रालयले जानकारी गराउने भएको छ ।

Related Articles

Back to top button