Friday, February 21

ए मेरो हजुर ४ मा अनमोल-सुहानापछि सलोन बस्नेत फाइनल

January 21, 2020 441

काठमाडौ, ७ माघ । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ए मेरो हजुर ४ मा नायक अनमोल केसीपछि सलोन बस्नेत अनुबन्ध भएका छन् । ‘ए मेरो हजुर २’ को सफलतापछि लोकप्रियताको उचाईमा पुगेका सलोनलाई यसको चौथो सिक्वेलमा पनि अनुबन्ध गरिएको हो ।

हाल सलोनको हातमा चलचित्र नै चलचित्र रहेका छन् । कमेडी फिल्ममा अत्याधिक रुचाइएका सलोनको लक्का जवान रिलिज हुने तयारमा रहेको छ ।

सुश्री सम्पति, बाबु कान्छा, यात्रा बद्री बहादुर, घनचक्कर, आभाष जस्ता दर्जनौ चलचित्रमा अभिनय गरेका उनि अब भने चलचित्र ए मेरो हजुर ४ मा पनि फाइनल भएका हुन् ।

यस चलचित्रमा यसभन्दा अघि नै अनमोल र सुहानालाई मुख्य भूमिका दिइने कन्फर्म भैसकेको छ । अनमोल र सुहानको जोडीलाई ‘ए मेरो हजुर ३’मा दर्शकले अत्याधिक रुचाएका थिए ।

Loading...

प्रतिकृया दिनुहोस्