समाचार

चर्चित सञ्चारकर्मी कृष्ण भुसालले गरे आ’त्मह’त्या !

काठमान्डौ ,कपिलवस्तुमा एकजना सञ्चारकर्मीले वि’ष से’वन गरेर दे’हत्याग गरेका छन् । जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले वि’ष से’वन गरी दे’हत्याग गरेका हुन् ।भुसाल कपिलवस्तुस्थित रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।उनले वि’ष से’वन गर्नुको कारण खुलेको छैन् । आइतबारविहान मात्र उनले वि’ष से’वन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो ।यहाँ उपचार स’म्भव नभएपछि उनलाइ तत्काल बुटवल रे’फर गरिएको थियो ।

तर उनको अस्पताल लैजादै गर्दा बाटोमै नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ ।भुसाल सञ्चारमाध्यमका साथै शिक्षण पेशामा पनि आ’वद्ध थिए । उनले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समय देखि अध्यापन गराउँदै आएका थिए ।पछिल्लो केही महिना यता भुसाल मा’नसिक त’नावमा रहदै आएको पारिवारिक स्रोतले बताएको छ । उनका एक छोरी र श्रीमती छन् ।

Related Articles

Back to top button
Close