समाचार

वैज्ञानिकले पत्ता लगाए को’रोना भा’इरस २८ दिनसम्म जीवित रहने र’हस्य

काठमाडौँ- को’रोना भा’इरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ ।अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा को’रोना भा’इरस २८ दिनसम्म बाँच्न सक्ने दा’बी गरेका छन् ।अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा को’रोना भा’इरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो । तर सो अनुसन्धान अँध्यारोमा गरिएको हो, तर युभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भा’इरसलाई मा’र्ने यसअघि नै पुष्टि भएको छ ।

को’रोना भा’इरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दा’बी गरिएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।

अनुसन्धानमा बढी तापक्रममा भा”इरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भा’इरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भा’इरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् । तुलनात्मक रूपमा फ्लू भा’इरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट कि’रणले भा’इरसलाई मा’रिदिने देखिइएको पनि बताइएको छ।

Related Articles

Back to top button