समाचार

खेत जोत्दै गरेको गोरुले हा’ने’र श्रीमानको निधन, श्रीमतीको अवस्था गम्भिर

काठमाण्डौं । खेत जोत्दै गरेको गोरुले हा’ने’र एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । घाइते भएकाको पनि अवस्था गम्भीर छ । खेत जोत्दै गरेको गोरु रिसाएर उनीहरुलाई हा’ने’को थियो । खेत जोत्ने क्रममा गोरु रिसाएपछि यो घटना भएको हो ।

सल्यान जिल्लको शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको ज्यान गएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई हा’ने’र गोरुले गम्भीर घाइते बनाएको थियो । उनको उपचारका क्रममा आइतबार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

गोरुले हा’ने’र रावतको पेटमा गहिरो चो ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले बताएका छन् ।

गोरुले रावत पत्नि गाजली रावतलाई पनि हा’ने’को थियो । उनको अहिले उपचार भइ रहेको बताइएको छ । ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको हो । सांकेतिक तस्वीर

Related Articles

Back to top button