समाचार

सरकारले उठायो हात, प्रवक्ता भन्छन्, ‘काठमाडौंमा कोरोना नियन्त्रण गर्न हामी पछि पर्यौं’

काठमाडौं । सरकारले काठमाडौंमा कोरोना नियन्त्रण भन्दा बाहिर गएको संकेत गरेको छ । सबैकुराको केन्द्र रहेको काठमाडौमा कोरोना नियन्त्रण गर्न पछि परेको सरकारको भनाई छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । उनले काठमाडौमा कोरोनाको अवस्था चिन्ताजनक रहेकाले हल्का रुपमा नलिन आग्रह गरेका हुन्।

‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य होइन भन्दै रोग नियन्त्रणका लागि काठमाडौ पछि परेको बताए । हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईंमा पछि परेको बताए।

‘काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत राजधानी सहर हो’, मन्त्री ज्ञवालीले भने, ‘तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ।’

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा केही जिल्लाको प्रयास उदाहरणीय भएकाले ति जिल्लाबाट काठमाडौंले सिक्नुपर्ने बताएका छन् । उनले त्यहाँ भएको व्यवस्थापन र जनप्रतिनिधिको सक्रियतालाई काठमाडौंले अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्।

ज्ञवालीले महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्ज, उदयपुर जस्ता ठाउँमा उदाहरणीय काम भएको भन्दै अब काठमाडौले पनि ति जिल्लावाट सिक्नुपर्ने बताए । उनले काठमाडौका जनप्रतिनिधिलाई ति जिल्लावट पाठ सिक्न आग्रह गरे । अहिले ६० प्रतिशत संक्रमित उपत्यकामा भएको भन्दै उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित भए भयावहस्थिति सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने बताए।

सामथ्र्य बढ्दै गए पनि स्थिति भयावह बन्दा स्वास्थ्य संरचनाले नधान्ने उनको भनाइ छ। मन्त्री ज्ञवालीले भने, ‘हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ। त्यसले चुनौती थपेको छ।’

Related Articles

Back to top button