समाचार

बंगलादेशले बला ’ त्कारीलाई फा ’ सीको सजाय दिने

बंगलादेशले बला’त्कारीलाई फा’सीको सजाय दिने तयारी गरेको छ। श्रृंखलाबद्ध बला’त्कार घटनापछि त्यहाँको सरकारले बला’त्कारीलाई फा’सीको सजाय दिनेबारे विचार गरेको हो।
केही दिनयता राजधानी ढाकालगायत मुख्य सहरहरुमा बला’त्कारीलाई फा’सीको सजाय दिन माग गर्दै ठूला प्रदर्शनहरु भइरहेका छन्।

त्यहाँको सरकारले बला’त्कारीलाई आजीवन काराबासको सजाय दिने गरेको छ।
कानून मन्त्री अनिसुल हकले अल जजीरासँगको कुराकानीमा बला’त्कारीलाई फा’सीको सजाय दिने व्यवस्थासहितको प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा पेस गरिने बताएका छन्।
उनले मन्त्रिपरिषद बैठकमा यौ’न उत्पी’डनको घटनामा कडाभन्दा कडा सजाय दिने व्यवस्थासहितको प्रस्ताव लैजान लागेको बताएका छन्।

‘हामीले आजीवन काराबासको सजायलाई परिमार्जन गरेर अझै कडा सजाय दिने व्यवस्थाबारे सोचिरहेका छौँ, मन्त्री हकले भनेका छन्, ‘यसबारे थप निर्णय अधिकार प्रधानमन्त्री शेख हसिनासँग छ, उहाँले विचार गरेर निर्णय लिनुहुन्छ।’
‘बलात्कारीलाई फासी दे’, ‘बला’त्कारीमाथि दया नदेखाउ’ जस्ता नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

Related Articles

Back to top button