समाचार

बहिनी भेट्न आमालाई मोटरसाइकलमा बोकेर डडेल्धुरा जाँदै गरेका शंकरको बाटोमै गयो ज्यान, आमाको अवस्था गम्भिर

काठमाडौ । शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए।

मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उत्साहित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्। बिचबाटोमै उनीहरुको दुर्घटना भयो। भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घटनाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्। त्यो दिनको दुर्घटनाले उनको देहान्त भयो।

साथमा रहेकी ५५ वर्षीया जुनकिरी भुलको छोरी भेट्न पाउने सपना पनि अधुरै रह्यो। डोटीको दिपायल सिलगढी नगरपालिका–५ बागठाटा निवासी उनी गम्भिर घाइते भएकी थिइन। हातखुट्टा र उनको ढाडमा गम्भिर चोट लागेको छ।

दुर्घटनाकै दिन छोरा गुमाएकी उनको आर्थिक अवस्था नाजुक छ। ‘उनको मृतक छोरा भारतमा काम गर्थे, अर्को छोरा समेत भारतमै मजदुरी गरी गुजारा चलाउने हुँदा जुनकिरीको उपचारमा समस्या भएको छ’ बागफाटाकै स्थानीय यदु भण्डारीले भने, ‘उनको श्रीमानको समेत ५ वर्षअघि मृ त्यु भइसकेको छ। घरमा गर्भवती बुहारी छिन्। परिवारलाई ठुलै बर्जपात परेको छ।’

उनका अनुसार शंकरको डडेल्धुरा अस्पतालबाट उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृ त्यु भएको थियो। ‘उनकी आमालाई गम्भिर चोट लागेको हुँदा सेती अस्पतालबाट नेपालगञ्ज मेडिकल कलेज पुगाएका थियौै। तर त्यहा उनको ढाडको शल्यक्रिया गर्न ढेड लाख लाग्ने भनियो’ जुनकिरीको उपचारका लागि अभियान समेत चलाइरहेका यदु भण्डारी भन्छन्, ‘त्यत्रो रकम कहाँबाट ल्याउने, त्यसैले हामी अभियान चलाएर उनको उपचार गर्ने प्रयास गर्दैछौ। अहिलेसम्म ४५ हजार जति संकलन भएको छ।’

जुनकिरी भुलको नेपालजञ्जमा उपचार गर्न नसकिएपछि सित्तैमा उपचार सेवा दिने अछामको बयलबाटा अस्पताल पुगाइएको थियो। तर त्यहाँ समेत उपचार हुन नसकेपछि जुनकिरी अहिले घरमै छिन्। ‘बेलाबेला अ‍ैयाँ दुख्यो भनेर उनी कराउँछिन्। बेलाबेला उनलाई भेट्न मानीसहरु आउँछन्’ भण्डारीले भने। ढेड लाख रकम संकलन भएपछि उपचारका लागि पुनः नेपालगञ्ज लग्ने भण्डारीले बताए।

साथै उनले जुनकिरी भुलको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निजका छोरा रमेश भुलको मोबाईल नम्बर ९८२१६७९७५१, अभियन्ताहरु यदु भण्डारी ९८४८५५६८२७, रोशन कोली ९८६८८११२५९ को नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने यदु भण्डारीले बताए। दिनेश खबरमा आशिश मल्लले लेखेको समाचार हामीले साभार गरेका हौं ।

Related Articles

Back to top button