समाचार

चीनले नेपाल सिध्याउने भयो, नेपाल जोगाउन भारतलाई गरिन यस्तो अनुरोध

काठमाडौँ। सरिता गिरीले विज्ञप्ति निकालेर चीनको वि’रोध गरेकी छन्। शुक्रबार हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास गरेको विषय बारे प्रतिक्रिया जनाउँदै गिरीले चिनिया सरकारको आ-क्र’मण’कारी नीतिको वि’रोध गरेकी हुन्। चीनले नेपाली भूमि अ’तिक्र’मण गर्ने नीति लिएको आ’रोप लगाएकी छन्।

सगरमाथामा चीनले अधिपत्य जमाएको समाचार विभिन्न संचार माध्यममा आउँदा पनि सरकार चुप बसेको आ’रोप पनि उनले लगाएकी छन्। सरकारले उत्तरी सीमानाको रक्षा गर्न नसकेको आ’रोप पनि लगाएकी छन्।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग क’ब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको उनको दा’वी छ। सरकारले उत्तरी सीमाको रक्षा गर्न नसकेका कारण सन् १९५० मा भएको सहमति अनुसार भारतसँग सहयोग माग्न गिरीले सुझाव दिएकी छन्।

“नेपाल सरकारले मुलुकको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भन्ने कुरा प्रष्ट हुँदा गएको छ। सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्यममा आएका छन्। तर सरकारले यस विषय बारे पनि अहिले सम्म मौनता धारण गरेको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग क’ब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाई रहेको छ।

यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले सन् १९५० को भारतसँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिएर सीमाना को सुरक्षा गर्न माग गर्दछु ।”,गिरीले विज्ञप्ति जारी गर्दै भनेकी छन्।

Related Articles

Back to top button