समाचार

भोलिबाट देशभरीका अस्पतालमा आकस्मिक र कोरोना बाहेकका सेवा बहिस्कार

काठमाडौं । भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना भाइरस (कोभिड–१९) बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । नेपाल चिकित्सक संघले यस्तो निर्णय गरेको हो ।

२७ दिनदेखि आमरण अनसनरत डा. गोबिन्द केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ । डा. केसीले ६ बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो ।

डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् । तर सहमति जुट्न सकेको छैन । शनिबार मात्र सरकारी वार्ता टोलीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।

Related Articles

Back to top button