Saturday, February 22

धादिङमा भयानक दुर्घटना : ४० यात्रु सवार ट्रक पल्टिदा ६ जनाको मृत्यु, अन्य घाइते

January 21, 2020 620

काठमाडौं । यात्रुसहितको ट्रक भयानक रुपमा दुर्घटनामा पर्दा ६ जनाको ज्यान गएको छ । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । आज ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो । ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो । दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान सुरु गरेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्