समाचार

को’रोना स’क्रमितको संख्या १ लाख लाघेलगत्तै सरकारको क’डा चे’तावनी, अटेरी गर्नेमाथि हुनेछ यस्तो कठोर स’जाय

काठमाडौं । नेपालमा को’रोना स’क्रमितको संख्या १ लाख नाघेको छ । पछिल्ला केहि दिनयता संघीय राजधानी काठमाडौँ सहित देशैभर को’रोना सं’क्रमितको संख्या ह्वा’त्तै बढेको छ । दिनप्रतिदिन को’रोना स’क्रमितको संख्या बढीरहँदा यता सरकारले भने अर्को क’डा चे’तावनी दिएको छ ।

सरकारले को’रोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जे’ल स’जाय हुने चे’तावनी दिएको छ । सं’क्रामक रो’ग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल स’जाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

का’रवा’हीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भि’ड’भा’ड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

त्यस्तै,लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा का’नुनमन्त्री कुलप्रसाद केसीलाई को’रोना सं’क्रमण पुष्टि भएको छ। आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा को’रोना पाेजेटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे।

सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा स’मस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परीक्षण गरिएको थियो। को’रोना पुष्टि भएपछि उनी अहिले मन्त्रालयकै निवासमा होम आइसोलेसन बसेका छन्।

मन्त्री केसीलाई को’रोना सं’क्रमण पुष्टि भएसँगै अन्य हाई प्रोफाइलका व्यक्तिहरू पनि जो’खिममा परेका छन्। गत मंगलबार मात्रै प्रदेशसभा बैठकमा सहभागी भएका केसीलाई सं’क्रमण भएपछि अन्य सहभागीहरूमा पनि सं’क्रमणको जो’खिम बढेको हाे। बैठकमा सहभागी मुख्यमन्त्री शंकर पोखरेललगायत सरकारका मन्त्रीहरू, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए।

Related Articles

Back to top button