समाचार

साह्रै दुखद खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमितको कोरोनाले लियो ज्यान

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका `कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।A

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

निधन हुनेमा काठमाडौंका महिला र पुरुष १-१ जना, ललितपुरका एक पुरुष रहेका छन् । यसैगरी झापाका २ जना पुरुष, सुनसरीका तीन जना पुरुष र रुपन्देहीका २ जना पुरुष रहेका छन् ।

काठमाडौमा शुक्रवार मात्र १ हजार ३९५ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा झण्डै १४ सय संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घन्टामा देशभर रहेका प्रयोगशालामा १३ हजार २ सय ७९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ३९५ सहित देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको हो ।

आज काठमाडौं जिल्लामा १ हजार ११६ भक्तपुरमा ११६ र ललितपुरमा १६३ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कुल संक्रमितको संख्या १ लाख नाघेको छ । जसमध्ये ६ सय जनाको निधन भएको छ भने ७३ हजार २३ जना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घन्टामा १० जनाको निधन भएको हो भने १ हजार ६८० जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

अहिले उपचार गराइरहेका कोरोना संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । तीमध्ये ३ सय १८ जनाको आइसीयूमा र ७५ जनाको भेन्टिलिटेरमा उपचार भैरहेको छ । नेपालमा अहिलेसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

Related Articles

Back to top button