समाचार

पलाञ्चोक भगवती मन्दिरका लागि ३ करोडको जमिन किन्ने अभियान थालियो

पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब ३ करोडको जमिन खरीद गर्ने अभियान थालिएको छ । महायज्ञ तथा अन्य सहयोगबाट रकम संकलन गरी मन्दिरको उत्तरपूर्वमा रहेको जग्गा खरीद गर्न लागिएको हो । हाल पार्किङका लागि प्रयोग हुँदै आएको सो जग्गा निजी जग्गा भएकोले पलाञ्चोक भगवतीको स्वामित्वमा ल्याउन अभियान थालिएको बताइएकाे छ ।

आगामी चैत्र १८ गतेबाट महायज्ञ गरी आवश्यक आर्थिक संकलन गर्ने जानकारी मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत दिएकाे छ । साे मन्दिरका लागि नगर कार्यालयले चालू आर्थिक वर्षमा ३० लाख रकम छुट्याएको छ । नगरप्रमुख महेश खरेलले शुक्रबार १ लाख ८ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

मन्दिरका लागि विभिन्न व्यक्तिका नामको ५ रोपनी ५ आना जग्गा करीब ३ करोडमा खरीद गर्न लागिएको हो । शक्तिपीठका रूपमा मानिँदै आएको मन्दिर परिसरमा गरिने यज्ञमा भक्तजन एवं दाताबाट करीब ५ करोड संकलन हुने अपेक्षा छ । जग्गा प्रतिआना ३ लाख हाराहारीमा किन्ने सहमति गरी बैना गरिएको छ ।

उक्त जग्गामा मन्दिर विकास समितिले व्यवस्थित पार्किङ, सभाहल, विवाह तथा अन्य शुभकार्यका लागि भवन र व्यवस्थित शौचालय निर्माण गरिने योजना बनाएको छ । हाल मन्दिर विकास कोषमा ४० लाख रहेको वडाध्यक्ष किरण श्रेष्ठले बताए । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएको मन्दिर हालै मात्र पुनर्निर्माण गरिएको हो ।

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Related Articles

Back to top button
Close