समाचार

‘ओली प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण म संग छ’ : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री, र पूर्व प्रधानमन्त्रीद्धय शेरवहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई गम्भिर आरोप लगाएका छन् । सरकारका विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका भट्टराईले नेपाली कांग्रेसका सभापतिलाई समेत जोडेर गम्भिर आरोप लगाएका छन् ।

उनले तीन मुख्य नेताहरुलाई बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भिर आरोप लगाएका छन् । उनले त्यसको प्रमाण समेत आफुले दिन सक्ने दावी गरेका छन् । गोरखाको पालुङ्टार नगरपालिका(६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गर्दै प्रमाण दिन सक्ने बताएका छन् ।

‘उनले त्यो परियोजना आफु प्रधानमन्त्री हुँद सुरु गरेको भएपनि तीन मुख्य नेताहरुले ९ करोड रुपैया कमिशन खाएर परियोजना अलपत्र पारेको आरोप लगाएका छन् । भ्रष्टाचार गरेकै कारण परियोजना अलपत्र पर्दा समेत कुनै नेताले त्यसवारे नबोलेको उनको भनाई छ । उनले बूढीगण्डकीमा मात्र होइन अन्य १० वटा परियोजनामा पनि अर्वो रुपैया भ्रष्टाचार भएको बताएका छन् । मलाई भन्नुहुन्छ भने म तत्काल प्रमाण दिन सक्छु, नेता भट्टराईले भने, करोड र लाखका कुरा छोडौं, अरब, अरबको लु ट भइरहेको छ।

उनले अशिक्षितहरुले मुलुक चलाएकाले यस्तो दर्दशा भएको टिप्पणी गरेका छन् । कोही चिट चोरेर पास भएको त कोही ८ र १० कक्षा पढेकाहरु राजनेता भएको भन्दै उनीहरु भ्रष्टहरुसंग मिलेर कमिशनको खेल खेलेको आरोप लगाएका छन् । उनले पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता प्रचण्डले तत्कालिन नेकपा एमालेसंग एकिकरण गरेर अहिले पछुताएको दावी गरेका छन् । आफुसंगको भेटमा प्रचण्डले यस्तो गुनासो गर्ने गरेको बताएका छन् । आफुलाई पनि नेकपासंग एकिकरण गर्न जान लागेको भन्ने हल्ला झुटो भएको बतएका छन् ।

बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको उनले बताए। ‘ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा थियो। कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ’ उनले भने ।

Related Articles

Back to top button